काभ्रेमा बस दुर्घटना, २५ को मृत्यु, ३९ घाइते

समाचार

श्रावण ३१, २०७३- काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाादै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३९ जना घाइते भएका छन् । हामफाली सुरक्षित हुनेहरु घर फर्किसकेका छन् ।
काभ्रेका एसपी राजेशनाथ बास्तोलाका अनुसार अत्यधिक भारका कारण दुर्घटना भएको हो । अरनिको यातायात अन्तर्गत कोशीपारी सेवाको ३५ सिट क्षमताको बसमा करिब ९० यात्रु भएको प्रहरीले जनाएको छ ।  'अत्यधिक भारका कारण बस दुर्घटना भएको देखिन्छ' एसपी बास्तोलाले भने, 'कच्ची बाटोमा भारका कारण चिप्लिएर भीरबाट खसेको छ ।'
कात्तिके देउरालीका १३ र मादल कुरारीका ८ जनाका घटनास्थलमै मुत्य भएको थियो । मृतक अन्य छिमेकी गाविसका थिए । 
घाइते ३९ मध्ये २६ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं र अन्यलाई एम्बुलेन्सबाट काभ्रे अस्पताल लगिएको छ ।  उनीहरुको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दूर्घटना स्थलमा घाइते र मृतक छरिरए रहेका थिए । प्रहरीको उद्दार टोली करिब डेढघण्टापछि मात्र पुगेको थियो । काठमाडौंमा बिहान सात बजे हिडेको बस खहरेखोलमा सवा १२ बजे दुर्घटनामा परेको थियो ।
घाइते र शवहरु भिरमा छरिएकाले  उद्दार गर्न कठिनाइ भएको एसपी बास्तोलाले जानकारी दिए । धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । घटना भएपछि प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख बास्तोला घटनास्थल पुगेका हुन् । 
के कारणले दुर्घटना भयो ?
यो सडकखण्डमा अरनिको यातायात अन्तर्गत कोशीपारी यातायातको सिन्डिकेटका गाडी चल्छन् । हरेक दिन २४ गाडी संचालन हुने उक्त सडक खण्डमा हाल १२ बस संचालनमा छन् । थोरै बस चलेका कारण यात्रुहरु खचाखच हुन्छन् ।

 ३५ सिट क्षमताको उक्त बसमा करिब ९० जना बस यात्री चढेको बसभित्र ठूलो मात्रामा खाद्यान्न राखिएको थियो । बसभित्र र छतमा यात्रु खचाखच थिए । खहरेखोलाको उकालो चढ्न लाग्दा बसेका इन्जिन बन्द भई पछाडि गुडेर बस अन्यन्त्रित भई भीरबाट तल खसेको थियो ।

 सोमबार घाम लागेको भन्दै्र चालकले भेटेजति यात्रु चढाउदै हिडेका थिए । रातोमाटो भएको सडकमा थठिक्क यात्रुसहित गुड्न गाह्रो पर्ने अवस्थामा बढी भार भएपछि दुर्घटना भएको हो । बस दुर्घटना भएपछि चालक अर्जुन गौतम र सहचालक फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ  घाइते यात्रुका अनुसार बसमा दोलालघाटमा समस्या देखिएको थियो । उक्त बसलाई धकेलेर स्टार्ट गरी गन्तब्यमा गरएको थियो ।

बिर्तादेउराली ४ का  घाइते दलमान तामाङले आफू ढोकामा उभिएका कारण बाच्न सफल भएको बताए । 'भित्र खुट्टा टेक्ने ठाउँ थिएन, सिट नपाएपछि ढोकामा झुण्डिएको थिए' उनले भने, 'म हाम फालेपछि बस हेर्दाहेर्द भीरबाट खस्यो । याुत्र चिच्याउँदै थिए ।' उनले आफूले सिट नपाउनु नै भाग्य भएको बताए । 'ढोकामा उभिएकाले म बाँचे' उनले काप्दै भने । उनका अनुसार छतबाट हाम फाल्नेहरु बच्न सफल भएका थिए ।

अधिकांश मृत्यु हुनेहरुमा भूकम्प पीडित आवास अनुदान सम्झौता गर्न आफ्नो घर र्फकदै थिए । उनीहरु काठमाडौंमा काम गरेर बस्दै आएका थिए ।
मृतकहरुको नामावली
इन्द्रकुमारी लामा
सीता बर्देवा
मुनामाया परियार
उमेश बास्कोटा
बिष्णु बास्कोटा
पन्जा तामाङ 
कृष्ण दमाई परियार
सानुमाया तामाङ
छविलाल चौलागाईँ
निलकण्ठ गौतम
औलादसिंह तामाङ
माइली तामाङ
रेशम बिक
पर्शुराम गौतम
गोविन्दप्रसाद गौतम
सीता गिरी
ठूलीकान्छी सुनार
बिनोद गौतम
कृष्णहरि बर्देवा
राकेशबहादुर पाण्डे
लीलानाथ गौतम
सुष्मा लामा
दुई जना सनाखत नभएको 

तस्विरहरु : खम्बु बोहरा
प्रकाशित: श्रावण ३१, २०७३



Kategori

Kategori