कात्तिक ४ – च्याम्पियन्स लिगको यो सिजनका
 समूह चरणका खेल अहिले भइरहेका छन् । यसमा धेरैको नजर रियल मड्रिडका 
क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा छ । रोनाल्डो
 र मेस्सी च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने शीर्ष दुई खेलाडी 
हुन् । रोनाल्डोले अहिलेसम्म ९५ गोल गरेका छन् भने मेस्सीले ८९ गोल गरेका 
छन् । यि दुई खेलाडी मध्ये च्याम्पियन्स लिग गोलको संख्या कसले एक सय 
पुर्याउँछ ? भन्नेमा सबैको चासो छ ।
सय गोल गर्न रोनाल्डोले अब पाँच गोल गरे 
पुग्छ । मेस्सीका लागि भने अझै ११ गोल चाहिन्छ । तर यो सिजन सुरुमा मेस्सी 
रोनाल्डो भन्दा १० गोलले पछि थिए । तर अहिले उनले रोनाल्डोसँगको दूरी ६ मा 
झारेका छन् ।
यो सिजन सेल्टिक र म्यानचेस्टर सिटीसँगको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि रोनाल्डोसँगको दूरी ६ मा झारेका हुन् ।
 
EmoticonEmoticon