एजेन्सी/भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा
खैलाबैला मच्चिएको छ । इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन
अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।
यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई
अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको
जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ । यो मुद्धाको सुनुवाइ आगामी
३१ अगष्टमा हुने छ ।
भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता
सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।
मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ
।
EmoticonEmoticon