कात्तिक ४ – मोडलिङ र अभिनयको दुनियाँमा 
सफल हुनको लागि राम्रो लुक्सका साथै उचाईको पनि आवश्यकता पर्छ । बलिउडका 
धेरैजस्तो अभिनेत्रीहरु हाइटी नै छन् । जसमा दिपिका पादुकोण, सोनम कपूर, 
कटरिना कैफ, शोनाक्षी सिन्हा, अनुष्का शर्माको नाम अगाडि आउँछ र यी सबै  अभिनेत्रीलाई
 फिल्ममा लिन निर्माता निर्देशकहरु अघि सर्छन् । तर ९० को दशकमा यस्तो पनि 
थियो, हाइट धेरै भएका अभिनेत्रीहरुले काम पाउँदैनथे । किनकी उनीहरुसँग 
अभिनेताको हाइट मिलेन भने जोडी मिल्दैन भन्दै निर्माता निर्देशकहरु 
उनीहरुलाई सिनेमामा लिन हिचकिचाउँथे ।
अभिनेत्रीलाई
 फिल्ममा लिन निर्माता निर्देशकहरु अघि सर्छन् । तर ९० को दशकमा यस्तो पनि 
थियो, हाइट धेरै भएका अभिनेत्रीहरुले काम पाउँदैनथे । किनकी उनीहरुसँग 
अभिनेताको हाइट मिलेन भने जोडी मिल्दैन भन्दै निर्माता निर्देशकहरु 
उनीहरुलाई सिनेमामा लिन हिचकिचाउँथे । 
९० को दशकमा उचाई धेरै भएर फिल्म नपाएका ६ अभिनेत्री 
पूजा बत्रा

पूजाको
 उचाई ५ फिट ९ इन्च छ । उनले केही वर्षअघि एक अन्र्तवार्तामा उचाइका कारण 
नै आफूसँग कोही पनि अभिनेता काम गर्न तयार नभएको गुनासो पोखेकी थिइन् । 
उचाइ धेरै भएका कारण नै उनले सिमित फिल्महरुमा मात्र काम गर्न पाइन् ।
 
सुष्मिता सेन

मिस
 युनिभर्स सुष्मिता सेनको उचाई ५ फिट ९ इन्च छ । एक अन्र्तवार्तामा 
सुष्मिताले आफ्नो उचाई धेरै भएका कारण सिनेमा मैने प्यार कियामा सलमानसँग 
काम गर्न निकै कठिनाई भएको बताएकी थिइन् । किनकी सलमान उनीभन्दा होचा छन् ।
 हाइट धेरै भएका कारण नै सुष्मिताले पनि सिमित सिनेमामा मात्रै काम गर्न 
मौका पाइन् ।
 
शिल्पा शेट्टी

अभिनेत्री
 शिल्पा शेट्टीले पनि उचाई धेरै भएका कारण तनाव बेहोरेकी छिन् । उनी ५ फिट ८
 इन्च अग्ली छिन् ।  आज उनी बलिउडकी सफल अभिनेत्रीका साथै ग्ल्यामरस आमाका 
रुपमा परिचित छिन् । तर करिअरको सुरुवातमा उनलाई उत्कृष्ट अभिनेत्रीको 
सूचिमा राखिएको थिएन । कारण थियो उनको  उचाई । शाहरुख, सलमानर गोविन्दा पनि
 उनी भन्दा होचा भएका कारण उनलाई फिल्म पाउनै मुश्किल पर्थ्यो ।
 
सोनाली बेन्द्रे

विवाह
 पछि सिनेमाबाट टाढिएकी अभिनेत्री सोनालीको उचाई ५ फिट ८ इन्च छ । एक समय 
यस्तो थियो, उनको उचाई र पातलो कम्मरका कारण उनलाई सिनेमामा लिन कोही पनि 
मान्दैनथे । सोनालीले केही वर्ष सिनेमामा बिताएपनि उनको गन्ती उत्कृष्ट 
अभिनेत्रीमा भने कहिल्यै पनि भएन ।  सिनेमाबाट टाढिएकी सोनाली टेलिभिजनमाको
 दुनियाँमा भने सफल मानिन्छिन् । हाल उनी केही रियालिटी शोहरुमा जज र 
प्रस्तोताको भूमिकामा देखा पर्छिन् । यसका साथै उनले लाइफ ओकेको सिरियल 
‘अजिब दास्ताँ है ये’ मा पनि काम गरिसकेकी छिन् ।
 
युक्ता मुखी

बलिउड
 र दक्षिण भारतीय सिनेमा गरी जम्मा ६ सिनेमामा काम गरेकी अभिनेत्री 
युक्तामुखी पनि उचाई धेरै भएकै कारण करिअरमा अघि बढ्न सकिनन् । सिनेमामा 
असफल भएपनि उनको उचाईले मिस वल्र्डको ताज भने जितायो । युक्ताको उचाई ६ फिट
 १ इन्च छ ।
 
दीपनिता शर्मा 

मोडलिङबाट
 अभिनयमा आएकी दीपनिताको उचाई ५ फिट ९ इन्च  छ । उनको फिल्मी खातामा जम्मा 
एउटा सफल फिल्म छ, त्यो हो १६ डिसेम्बर । सिने करिअरमा उनले जम्मा आठ वटा 
सिनेमामा काम गरेकी छिन् । उनको उचाई धेरै भएका कारण कोही पनि अभिनेतासँग 
उनको जोडी सुहाउँदैनथ्यो । जसका कारण उनले अन्य फिल्ममा काम गर्न पाइनन् ।
 
 
EmoticonEmoticon