कात्तिक ४ – बार्सिलोनाले च्याम्पियन्स
लिग अन्तर्गत बुधबारराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि
शानदार जित दर्ता गरेको छ । घरेलु
मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर सिटीलाई ४–० ले
हराएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।
यस्तै नेइमारले एक गोल गरे । १७ औं मिनेटमा मेस्सीले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको सुरुवात तिरै म्यानचेस्टर सिटीका गोलरक्षक रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु सिटीका लागि घातक बन्यो ।
५३
औं मिनेटमा गोलरक्षक क्लाउडियो ब्राभो रातो कार्ड खाँदै मैदानबाट
बाहिरिएका हुन् । त्यसपछि सिटीले तीन गोल खायो । ६१ र ६९ औं मिनेटमा गोल
गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे ।
७३ औं मिनेटमा जेरोमी म्याथ्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना पनि १० खेलाडीमा सीमित भयो ।
ब्राभो
बाहिरिएपछि गोलरक्षकको जिम्मेवारी सम्हालेका विल्ली काबाल्लेरोले नेइमारको
पेनाल्टी प्रहार जोगाएका थिए । तर त्यसको एक मिनेटपछि खेलको ८९ औं मिनेटमा
नेइमारले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।
बार्सिलोनाका
खेलाडीले आफ्ना पूर्व प्रशिक्षक पेप गार्डिवलाको टिम सिटी विरुद्ध
उत्कृष्ट प्रदर्शन गरे । च्याम्पियन्स लिगमा सिटीको यो अहिलेसम्मकै फराकिलो
हार हो ।
जितपछि
समूह सीमा रहेको बार्सिलोना तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको सिटीको चार अंक छ । समूह सीकै अर्को खेलमा बोरुसिया
मोन्चेङब्लाचले सेल्टिकलाई २–० ले हरायो ।













Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon