छोकडा खानुका फाइदा– यौन दुर्बलता कम गर्नेदेखि हड्डी बलियो बनाउनेसम्म

 
काठमाडौं । छोकडा खाँदा विभिन्न फाइदा लिन सकिन्छ । छोकडामा भिटामिन, आइरन, क्याल्सियम जिङ्क, म्याग्नेसियम भरपुरमात्रामा पाइन्छ ।
छोकडाका फाइदाहरु ः
१. छोकडालाई दूधमा उमालेर सुत्ने बेलामा चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ । र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ ।
२. बिहान–साँझ छोकडा चपाएर खाने र सोही समयमा मनतातो पनि खाएमा कब्जियत हुने समस्या हटाउन सकिन्छ ।
३. बिहान–साँझ छोगडा खाँदा दमका रोगीलाई राहतको महसुस मिल्छ ।
४. यदी कसैलाई घाउ–खटिरा आएमा छोकडाको दानालाई घोटेर लगाउनाले घाउ निको हुन्छ ।
५. दैनिक छोकडा खाँदा शरीरमा रगतको मात्रा पनि बढ्छ । जसले रगत कमी हुने समस्यालाई अन्त्य गर्छ ।
६. छोकडामा क्याल्सियम पर्याप्त मात्रामा हुने भएकाले हड्डीहरुलाई बलियो बनाउने काम गर्छ ।
७. छोकडालाई उचित रुपमा सेवन गरे मधुमेहका रोगीहरुलाई पनि फाइदा मिल्छ ।


EmoticonEmoticon