काठमाडौं, कात्तिक ३ । काभ्रे
पाँचखालका अजित मिजारको हत्या भएको तीन महिना वितेको छ । तर मिजारको लाश
अझै उठन सकेको छैन । मिजारका हत्यारालाई कार्वाहीको माग गर्दै दलित
अधिकारकर्मीले सडकमै उत्रेर संघर्ष गरे पनि त्यसको सुनुवाई सरकारले गर्न
सकेको छैन । परिवारले अजितको हत्या गरिएको दाबी सहित प्रहरीमा दिएको
उजुरीको आधारमा धादिङ्ग जिल्ला प्रहरी कार्यालयले केटीका बाबु र दिदी सहित
थप एकलाई हिरासतमा लिएको थियो तर केटीका दिदी र एक जना २५ हजार धरौटीमा
रिहा भइसकेका छन् भने केटीका बाबु हिरासतमै छन् । असार ३० गते रहस्यमय
हत्या गरी धादिङ्गको गजुरीमा उनको लास गडिएको अवस्था फेला परेको थियो ।
अजित मिजारका बुवा हरिभक्त ढकाललाई अहिले मुद्धा कहाँ पुग्यो भन्ने बारे पनि थाहा छैन । उनले भने ‘सानो जातकालाइ मारे पनि कानुन लाग्ने रहेनछ, असार २ गते उजुरी दिएका हौँ, अहिले सम्म केहि अत्तोपत्तो छैन । ‘छोराको हत्या अन्तरजातिय विवाहकै कारणले भएको हो भन्दै उजुरी दिदा पनि दर्ता गरिदैन भने हामीले न्याय पाउने आशा मारिसकेका छौँ । मानवअधिकारकर्मी, दलित आयोगको पहलले हत्यारालाई कारवाही हुन्छ कि भन्ने झिनो आशा भने बाँकी छ ।’
अजितले पाँचखालकै पराजुली (बाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेम विवाह गरेका थिए । असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जर्बजस्ती अलग गराइएको थियो ।

संसदीय समितिको अनुसन्धानको कुरा
अजित मिजार हत्या घटनामा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोष्टमार्टमको गलत रिपोर्ट बनाएको संसदीय समितिको अनुसन्धानबाट पर्दाफास भएको थियो ।
दलित अधिकारकर्मीहरुको व्यापक विरोधपछि घटना अनुसन्धानका लागि व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगत कमला दोङको संयोजकत्वमा एक छानबिन उपसमिति बनाइएको थियो ।
काभ्रे पाँचखालका अजित मिजारको रहस्यमय मृत्युबारे अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोष्टमार्टमको गलत रिपोर्ट बनाएको उपसमितिको निष्कर्ष छ । धादिङ्गको गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको परिवारको प्रलोभनमा परेर शव नै नचिनी अजितले आत्महत्या गरेको भनेर पोष्टमार्टमको झुटो रिपोर्ट बनाएको प्रमाण फेला परेको उपसमितिकी संयोजक दोङले बताइन् ।
काभ्रे गिम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाहपछि असार २९ गते घरबाट बेपत्ता १८ वर्षीय अजित असार ३० गते धादिङको गजुरी खोलामा मृत अवस्थामा फेला परेका थिए ।
उपसमितिका सदस्यहरुले अजितको हत्याका सम्बन्धमा छानविनका क्रममा धादिङ र काभ्रेका प्रहरीले असहयोग गरेको समेत उपसमितिको ठहर छ । उपसमितिका सदस्य खड्गबहादुर बस्यालले प्राप्त प्रमाणहरुबाट अजितको हत्या भएको देखिएको र यस सम्बन्धमा काभ्रेको पाँचखालका प्रहरीसँग केरकार गर्दा पुलिसका असइ जवाफ दिन नसकेर असिन पसिन भइ कामेको बताए थिए ।

के गदै छ ,संयक्त राजनीतिक दलित संघर्ष समिति ?
अजितको परिवारलाई न्याय र दोषीलाई कार्वाहीको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आफ्ना आन्दोलनका कार्यक्रमहरु गरिरहेको थियो । तर धेरै पटक आन्दोलनको कार्यक्रम गरे पनि त्यसबाट कुनै निकास नदेखेपछि विस्तारै आन्दोलन सेलाउन पुगेको छ । अहिले कुनै पनि दलित अधिकारकर्मीहरु अजित मिजारको घटनामा बोल्न छाडिसकेका छन् । सरकारले यस विषयलाई गम्भीरताका साथ नलिदा दोषीले उन्मुक्ति पाइरहेका छन् ।
अन्तरजातिय विवाह गरेको आरोपमा मिजारको हत्या भइसकेको तीन महिना वितिसक्दा पनि हत्यारा पक्राउ नपर्नुले राज्यको समेत मिलेमतो रहेको स्पष्ट हुन्छ । आगामी दिनमा आन्दोलनलाई अझ शसक्त रुपमा लैजाने कुरा भए पनि अगाडि बढ्न नसकेको दलित नागरिक समाजका संयोजक मोतीलाल नेपालीले बताए ।

के गदै छ , राष्ट्रिय दलित आयोग ?
राष्ट्रिय दलित आयोगले मिजारलाई न्याय
दिलाएरै छाड्ने प्रतिबद्धता जनाए पनि अहिले सम्म त्यसो हुन सकेको छैन ।
अजित मिजारको भिसेरा परिक्षण गर्न पठाएको रिपोर्ट अहिले सम्म नआएकाले अगाडी
बढ्न नसकिएको राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले बताए
।
सरकारले घटनालाई तोडमोड गर्नका लागि घटनाको अनुसन्धानमा प्रत्यक्ष संलग्नता रहेका प्रहरीलाई सरुवा गरी झन् संशकित पारेको घले परियारले बताए । मिजारको हत्या भएको स्थानमा पुगी मुचुल्का उठाएका दुई प्रहरी जवान र प्रहरी निरीक्षकलाई धादिङ्गबाट अन्यत्रै जिल्ला सरुवा गरिसकिएको छ । परियारले घटनाको यथार्थ छानविन गरी दोषीलाई कार्वाही र पिडितलाई न्याय दिने आश्वासन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सम्म त्यसको महसुस हुने गरी कुनै काम गर्न नसकेका बताए । राष्ट्रिय दलित आयोग अजित घटनामा चुप लागेर नबसेको बताउँदै उनले कल डिटेल मागिएको र कलंकी—कोटेश्वरको रुटमा चल्ने गाडीको सिसीटिभी रेकर्ड संकलन गरिसकिएको जानकारी दिए ।

EmoticonEmoticon