काठमाडौं, कात्तिक २ – कात्तिक २६ गतेदेखि
प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर
सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो ।
जात्रा नेपाली फिल्मको फेसबुक पेज लाइक
गरेर दर्शकले अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो
भिडियोबाट क्लिक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक
प्रदिप भट्टराईले जानकारी दिएका छन् । उपहार जित्नलाई हजारको नोट समाएर
सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा
सेयर समेत गर्नु पर्नेछ ।
यसरी हजार समाउनेमध्येबाट हप्ताको एक
जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । फिल्म
प्रर्दशन हुन तीन साता बाँकी रहेकाले पहिलो हप्ताको विजेताले नायिका वर्षा
राउतसँग डेटिङ जान पाउने छन् भने दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र
तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग
भेट्ने अफर गरिएको छ ।
योसँगै कात्तिक २४ गते हुने प्रिमियरमा
हजारको नोट समाएर पोस्ट सेयर गर्ने पाँच जना दर्शकलाई बम्पर उपहार प्रदान
गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई
पोखरा र अर्को एक जोडीलाई सौराहाको दुई रात तीन दिनको टुर प्याकेज दिइने
जात्रा फिल्मका निर्माता रबिन्द्र सिंह बानियाले बताएका छन् ।
यस्तै, एक जनालाई फिल्ममा मुख्य कलाकार
विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनिक स्कुटर उपहारस्वरुप प्रदान
गरिनेछ भने अन्य पाँच जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ
।
राजधानीबाट टाढा रहेका दर्शकले कलाकार
भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट भएपनि कुराकानी गराउने
फिल्म निर्माण टोलीको योजना छ । फिल्मका निर्माता बानीयाले भने, ‘यस अफरका
विजेतालाई फिल्म प्रर्दशन हुनु अघि नै उपहार प्रदान गरिने भएकाले ढुक्कसाथ
सहभागि बन्न सबैसँग आग्रह गर्छौँ ।’
EmoticonEmoticon