काठमाडौं, कात्तिक ४ – भनिन्छ दिनको
अवस्था बिहानीको घामले संकेत गर्छ । अर्थात शुभ दिनको संकेत बिहानीले गर्छ ।
यस्तै शुभ दिनको संकेत विहानी समयमै गर्ने केही कलाकारको बारेमा हामीले
सामग्री तयार गरेका छौँ ।
जसले
कलाकार बन्ने छनक कलिलै उमेरमा देखाएका थिए र सानैदेखि क्यामेराको अगाडि
खेलेका थिए । ति कुन कुन कलाकार हुन्, जो बालकलाकारिता गर्दै आजको सिने
उद्योगमा आफ्नो नाम उज्ज्वल गरेका छन् । तिनका बारेमा आज हामी चर्चा
गर्दैछौँ ।
प्रियंका कार्की
अनमोल केसी
अभिनेता भुवन केसीले छोरालाई बाल्यकालमै
सिनेमा खेलाए । उनले छोरोलाई अभिनयमा नै ल्याउने सपना छोरो सानै हुँदादेखि
देखेका थिए । पहिलो पटक भुवनले अनमोललाई सिनेमा ‘साथी म तिम्रो’ मा बाल
कलाकारको रुपमा खेलाएका थिए ।
बाल्यकालदेखि
नै अभिनय थालेका अनमोलले लिड अभिनेताको रुपमा ‘होस्टेल’ मार्फत सिनेमामा
ब्रेक लिए । उनको ब्रेकले सिनेम जगतमा तहल्कै मच्चायो । होस्टेलपछि उनले
जेरी, ड्रिम्स, गाजलुमा काम गरे उनले काम गरेका सबै सिनेमामा बक्स अफिसमा
तहल्का मच्चाएका छन् । अहिले उनी सिनेमा ‘कृ’ को तयारीमा जुटीहेका छन् ।
निता ढुङगाना
नायिका निता ढुङगानाले पनि बालकलाकार
मार्फत अभिनय यात्रा थालेकी हुन् । उनले बालकलाकारको रुपमा सिनेमा ‘मितिनी ’
मा काम गरेकी थिइन् ।
मितिनीमा
नायिका रेखा थापको बाल्यकालको भूमिका निभाएकी उनले सिनेमा ‘किसान’ बाट लिड
अभिनेत्रीको रुपमा अभिनय थालिन् । त्यसपछि उनले दर्जन भन्दा धेरै
सिनेमामा मूख्य भूमिका निभाएकी छिन् । सानैदेखि अभिनयमा सक्रिय निता अभिनय
मोहका कारण आफू अध्ययनमा पछि परेको बताउँछिन् । प्लस टु पछि अध्ययन अगाडि
लान नसकेकी उनले बाल्यकालमै टेलिसिरियलमा पनि काम गरेकी थिइन् ।
सलोन बस्नेत
निर्माता, निर्देशक एवम् कलाकार सोभित
बस्नेतका छोरा सलोन बस्नेतले पनि बालकलाकारको रुपमा अभिनय थालेका हुन् ।
उनले बालकलाकारको रुपमा सिनेमा सुपस्टार, आर्मी, हामी तीन भाइ लगायत
दर्जनौँ सिनेमामा काम गरेका छन् ।
बाल
कलाकारको रुपमा सबैको मन जितेका उनले सिनेमा होस्टेल मार्फत लिड अभिनेताको
रुपमा सिनेमामा ब्रेक लिए । त्यसपछि उनले लिड अभिनेताको रुपमा आभाष, एउटा
साथी लगायतका सिनेमामा काम गरेका छन् । सलोन कमिक रोलका लागि चर्चित छन् ।
सलोनले सात महिनाको उमेरदेखि क्यामेरा फेस गरेका हुन् । त्यस बखत उनले
आफ्नै बुवाको सियिलका लागि क्यामेराफेस गरेका थिए ।
संयम पुरी
निर्देशक नारायण पुरीका छोरा संयम पुरी
पनि बालकलाकारको रुपमा अभिनयमा आएका हुन् । बालकलाकारको रुपमा अभिनय थालेका
उनी अहिले युवा पुस्ताको ढुकढुकी बनेका छन् ।
सिनेमा
सायदबाट उनले सिनेमामा ब्रेक लिएका हुन् । अहिले संयम लिड अभिनेताको रुपमा
पनि छाइरहेका छन् । संयमले बाल कलाकाको रुपमा आफ्नो मान्छे, दोमन, आफ्नो
घर आफ्नै मान्छे, मेरो हजुर, कर्तव्य लगायत दर्जनौँ सिनेमामा काम गरेका
छन् । संयमले मूख्य अभिनेताको रुपमा सायद, लव सब्, आभास, पुन्टे परेड
लगायतका सिनेमामा काम गरेका छन् ।
रागिनी खड्गी
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी
रागिनी खड्गीले पनि बालकलाकारको रुपमा केही सिनेमामा काम गरेकी छिन् ।
बालकलाकारपछि उनले लिड अभिनेत्रीको रुपमा काम गरिन् तर त्यती राम्रो
प्रतिक्रिया र सफलता भने पाइनन् । उनले सिसा, ब्रह्मा, लफडा, नथिङ
इम्पोसिवल, कर्कस लगायतका सिनेमामा काम गरेकी छिन् ।
बालकलाकारपछि
लिड भएर काम गरेका र सफलता पाएका कलाकारहरुको बारेमा हामीले यो सामग्री
प्रस्तुत गर्यौँ । यि बाहेक पनि बालकलाकारको रुपमा मात्रै काम गर्नेहरु
राज आचार्य, ईश्वरी प्रधान, निरक पौड्याल लगायतका कलाकाहरु पर्छन् ।
तपाईँलाई अन्य कलाकारहरुको बारेमा जानकारी भए तल कमेन्ट गर्न नभुल्नु होला ।
EmoticonEmoticon