काठमाडौं, कात्तिक ४ – पूर्वराजा
ज्ञानेन्द्रले देशमा निषेधको राजनीति गरेमा देशमा विद्रोह हुने चेतावनी
दिनुभएको छ । काठमाडौंको बनकालीमा सुरु भएको अन्तर्राष्ट्रिय विराट विश्व
हिन्दु महासम्मेलमा बोल्दै पूर्वराजा ज्ञानेन्द्रले सनातन हिन्दु
धर्ममार्फत आफूहरुले देशमा स्थायित्वको दायित्व खोजेको तर उपेक्षा गरेमा
विद्रोह हुने र त्यसले देशमा असन्तुलन निम्त्याउने चेतावनी दिनुभएको हो ।
हजारौं वर्षदेखि नेपालीको मौलिक धर्म
बनेको हिन्दुधर्मबाट नेपाललाई किन हटाइयो, र जटिल परिस्थिति किन सिर्जना
भयो भन्ने बारेमा प्रश्न गर्ने बेला आएको पूर्वराजाको भनाई छ । ‘अहिलेको
जटिल परिस्थिति किन र कसरी सिर्जना भयो, कारक के हुन भन्नेबारे जनताले
प्रश्न गर्ने बेला आएको छ ।’ भारत र चीन जोड्ने सेतुका रुपमा रहेको
हिन्दुधर्मलाई सम्मान गरेमा मात्र देशमा शान्ति स्थिरता रहने र स्वाभिमानको
रक्षा हुने पूर्वराजाका दावी छ ।
नेपालले आफ्नौ मौलिक धर्मप्रति विश्वास
राखेर अघि बढेमात्र दिगो शान्ति र स्वाभिमानको रक्षा गर्न सक्ने
पूर्वराजाको भनाई छ । पूर्वराजाको प्रश्न छ, ‘सनातन हिन्दु अनुयायीका रुपमा
प्रश्न गर्न चाहान्छौं, दुई ठूला छिमेकीको बिचमा नेपालको मौलिक हिन्दु
धर्म सेतु बनेको छ । यसलाई जोगाउने हाम्रो दायित्व होइन ?’
उद्घोषकले र सहभागीले ज्ञानेन्द्रलाई महाराजधिराज भने
राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई
श्री ५ बडामहाराजधिराज को उपाधी दिन्थे । तर अन्तर्राष्ट्रिय विराट विश्व
हिन्दु महासम्मेलका उद्घोषकले नै ज्ञानेन्द्रलाई पूर्वराजा नभनी श्री ५
बडामहाराजधिराज भनेका छन् । उद्घोषकले श्री ५ बडामहाराजधिराज भन्दा
सहभागीले धेरैबेरसम्म ताली पिटेका थिए ।
EmoticonEmoticon