महिलाहरुमा कुन बेला यौन इच्छा बढी हुन्छ

एजेन्सी / महिला र पुरुषमा यौन इच्छा फरक हुने गर्दछ । पुरुषका लागि महिनामा यो या त्यो अवधिमा यौनइच्छा कम या बढी नहुने भएपनि महिलाहरुको जैविकीय संरचनाले उनीहरुमा भने यौनमा सधैंभरी एकनासको इच्छा हुँदैन ।
महिनामा महिलालाई कुन दिन यौन इच्छा हुन्छ भन्ने कुरामा पनि बिभिन्न मतहरु रहेका छन् । कतिपयले महिनावारी भएको १२ दिनदेखि १८ दिन र महिनावारी हुनुको २ दिन अघिदेखि बढी इच्छा हुने बताउने गर्दछन् । तर जर्मनीमा हालै गरिएको अध्ययनले भने फरक तथ्य देखाएको छ । यो अध्ययनले महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउने बताएको छ । तर यौनइच्छालाई जैविक भन्दा पनि मानसिक कुराले बढी प्रभाव पार्ने भएकोले सबैभन्दा ठूलो कुरा यौनमय वातावरण निर्माण हुनु आवश्यक हुन्छ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।23
सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ुमुडु मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ ।
यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।
अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।


EmoticonEmoticon