काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भुटानी समकक्षी छिरिङ 
तोब्गेबीच गोवामा शनिबार अपराह्न भेटवार्ता भएको छ । ब्रिक्स सदस्या 
देशहरुको आठौं शिखर सम्मेलन तथा बिमस्टेक सदस्या देशहरुको आउटरिच समिटमा 
भाग लिन आइतबार अपराह्न गोवा पुगेका दाहालले भुटानी प्रधानमन्त्रीसँग 
साइडलाइन भेट गरेका हुन् ।
भेटवार्तामा भुटानी शरणार्थी समस्या समाधानबारे छलफल भएको परराष्ट्र 
मन्त्रालयले जनाएको छ । भुटान सरकारको अत्याचारपछि सन १९९० मा भारत हुँदै 
नेपालतर्फ लखेटिएका १ लाख २० हजार नेपालीभाषी शरणार्थी मध्ये १ लाख १० हजार
 पश्चिमी मुलुकमा पुनस्र्थापित भएका छन् । अझै पनि १० हजार शरणार्थी पूर्वी
 नेपालको झापास्थित शरणार्थी क्याम्पमा छन् ।
प्रधानमन्त्री दाहालले तोब्गेसँग आफ्ना नागरिक फिर्ता लैजान आग्रह गरेका 
थिए । प्रतिउत्तरमा भुटानी प्रधानमन्त्री तोब्गेले नेपालमा रहेकाहरु भुटानी
 शरणार्थी नभई भुटानबाट विगतमा भागेका गैरकानुनी आप्रवासी रहेको भन्दै 
उनीहरुलाई स्वदेश फिर्ता लैजाने सरकारको नीति नरहेको बताएका थिए । 
आजको अन्नपूर्ण पोस्टमा खबर छ  ।
 

EmoticonEmoticon