शेरेको अनुभव:

पहिलो दिन ससुराली जाँदा,
जब सालीलाई देखें, त्यो दिन लाग्यो....
ससुरा बाले घरमा रसवरी लुकाएर मलाई कसारको डल्लो थमाएछन् ।
कक्षामा शिक्षक : निकट भविष्यमै यो संसार ध्वस्त हुने संकेत देखिएको छ ।
शेरे : अनि त्यो दिन हामीले ट्युसन आउनुपर्ला कि नपर्ला सर ?

तपाई्र कुन राम पर्नुभो ?
१. आफ्नी स्वास्नीलाई माया गर्ने : राम

२. अर्काकी स्वास्नीलाई नि माया गर्ने : दयाराम

३. अर्काकी स्वास्नीबाट मायाको आशा राख्ने : आशाराम

४. अर्काकी स्वास्नीको दाम्लै छुटाएर माया गर्ने : बलराम

५. आफ्नी स्वानीलाई नि माया नगर्ने अर्काकी स्वास्नीलाई माया नगर्ने : ठन्डाराम

६. अर्काकी स्वास्नीको चियो मात्र गर्ने, पाए टुच्च पार्नी तर पार लाउन नसक्ने : जागाराम

केटा : आइ लभ यू

केटी : तिमी पागल हौ कि क्या हो ? मैले बिहे गरिसकेको छु । मेरो श्रीमान् हुनुहुन्छ र एउटा ब्वाइफ्रेन्ड पनि छ अफिसमा, र मेरो एक्स ब्वाइफ्रेन्ड मेरो घर छेउमा बस्छ । हिजो भर्खर मेरो बोसले प्रोपोज गर्‍यो, उसलाई पनि म नाइँ भन्न सक्दिनँ, तैपनि एउटा स्कुल फ्रेन्डसँग सिरियस मेटर छ...

केटा : (सबै कुरा सुनेर एकछिन घोरिएर हेरेपछि) हेर न तैपनि कहीं एडजस्ट हुन्छ कि ???

मान्छेको आफ्नो नै के छ र ?
जन्म : अरूले नै दे’को
नाम : अरूले नै राखेको
शिक्षा : अरूले नै दे’को
रोजगार : अरूले नै दे’को
र अन्त्यमा

शमशान : अरूले नै लान्छ ।
त्यसैले अरूको नै सेवा गरुम । सेवा नै धर्म हो ।
(चाणक्यको काकाको छोराले भनेजस्तो लाग्छ)

आमा–बाबाले खुब मेहनत गरेर पढाउनुभयो, मैले पनि पूरा जीउज्यान लाएर पढें, तैपनि
अहिले अफिसमा इन्ट्री
औंठाछाप लगाएपछि मात्र मिल्छ ।
(एउटा कुरो नि)

यदि तपाईंले सर्टको पहिलो टाँक गलत लगाउनुभो भने नि:सन्देह बाँकी सबै टाँक गलत नै लाग्छ ।
–घनश्याम टेलर

यदि तपाईंको जुत्तामा सानो–सानो ढुंगा आयो भने सम्झिनु सडकमा काम चलिरहेको छ ।
–भँवरलाल ठेकेदार

(बुझ्नुपर्ने कुरा : जरुरी छैन कि सबै कुरा चाणक्य वा शेक्सपियरले नै भनेका हुन्)
हिजोआज टेलिभिजनमा यति धेरै धार्मिक सिरियल महाभारत, रामायण, हनुमान आदि आउन थाले कि अब त टिभीतिर खुट्टा फर्काएर बस्दा–सुत्दा पनि पाप लाग्छ कि भन्ने डर हुन्छ ।

जन्म र मृत्यु ईश्वरको हातमा छ ।
मान्छेको हातमा त सिर्फ
स्मार्टफोन र रिमोट मात्र हुन्छ ।
शेरे : हेल्लो, यो काँ पर्‍यो होला ?
पुलिस : पुलिस स्टेसन
शेरे : तपाईंको हातमा के छ ?
पुलिस : डन्डा छ नि, किन ?
शेरे : के हरिरहेको त खाते, नाकमा घुसार न त
(त्यसपछि शेरेले फोन काट्दियो)
केही मिनेटपछि पुलिसले पुन: त्यही नम्बरमा डायल गर्‍यो, तर अहिले शेरेको बाउले फोन उठायो ।
पुलिस : हेल्लो
बाउ : हजुर
पुलिस : त्यहाँबाट कल आएको थियो, मसँग भएको डन्डा नाकमा घुसार भन्दै थियो ?
बाउ : कति मिनेट भो ?
पुलिस : १० मिनेटजति भयो ।
बाउ : अनि डन्डा निकाल्न छोडेर के हेरिरहेको त ?
०००

विवाहको १० दिन पछाडि
लोग्ने : म बाहिर बियर मारेर आउँछु है †
स्वास्नी : तर चारवटा बियर त पहिलेदेखि नै घरमा छ त ?
लोग्ने : बाहिर साथीहरूसँग गफ गर्दै पिउँदा मज्जा आउँछ क्या †
स्वास्नी : म पनि तपाईंको साथी नै हुँ नि †
लोग्ने : अरे यसरी होइन क्या अलि गालीवाली गर्दै गफ गर्दै खादा मज्जा आउँछ नि त !
स्वास्नीको पालो : यता आइज मुर्दार, यहीं खा, यदि बाहिर जाने नाम मात्र लिइस् भने तेरो बाउले टेक्ने लौरो तलबाट घुसारेर माथी मुखबाट निकालदिन्छु ।

(लोग्ने अहिलेसम्म कोमामै छ, सकिन्न हजुर आजकालका श्रीमतीहरूलाई)


EmoticonEmoticon