अर्घाखाँची, ५ कात्तिक । 
नेकपा एमाले अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व 
सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको
 छ । 
धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष 
गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको 
जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । अध्यक्ष आचार्यद्वारा जारी 
विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम 
कारबाही गर्न माग गरेको छ । 
हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ
 । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफँैले गरेको 
बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो । 
गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर 
जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ति जिप्रकामा 
निवेदन दिएका थिए । सोहीअनुसार असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र 
प्रहरीको टोलीले भुसालको खोजी अभियानलाई तीव्र पारेको थियो । 
खोजतलासका क्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको 
आशङ्कामा असोज २२ गते धनचौर–५ निवासी खेमराज भुसाल र निजका छोरा गणेशकुमार 
भुसाललाई जिप्रका, अर्घाखाँचीले हिरासतमा लिई घटनाको थप अनुसन्धान सुरु 
गरेको थियो । 
अनुसन्धानका क्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा 
खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२
 को छेकुवा जङ्गल नजिकै झिमरुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत 
शरीर भेटाएको थियो । 
 
EmoticonEmoticon