रोल्पा, ५ कात्तिक ।
रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव
फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला
परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला
परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव
बस्नेतले जानकारी दिनुभयो ।
यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउँलेले कोर्चवाङ–९ माडीखोलामा
एउटा शव देखेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँमा खबर गरे । प्रहरी
निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा गएको टोलीले पहिचान गर्दा उक्त शव
घर्तीगाउँकै एक फर्निचर उद्योगमा काम गर्ने रौतहट घर भएका ४५ वर्षीय
रामनारायण ठाकुरको भएको पुष्टि ग¥यो ।
यसैगरी, असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की भीरमा मृत
भेटिए । चार दिनअघि दसैँको खसी किन्न हिँडेका उनी घर फर्कन पाएनन् । उनको
शव भीरमुनि मकैबारीमा फेला परेको थियो ।
परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको
हुनसक्ने अनुमान गरिएको छ । बेवारिसे शव फेला पर्ने क्रममै जौलीपोखरीमा
असोज २८ गते ६५ वर्षीया गौरी पुनको शव फेला परेको थियो ।
EmoticonEmoticon