काठमाडौं, २ कार्तिक। पछिल्लो समयमा नेपाली चलचित्र नगरीमा हिट भइसकेका
चलचित्रको सिक्वेल बनाउनेक्रम ह्वात्तै बढेको छ। यसैमा सात बर्ष अघिको
सुपर हिट चलचित्र ‘कस्ले चोर्यो मेरो मन’को सिक्वेल बन्ने भएको छ।
नायिका तथा निर्मात्री रेखा थापाले आफ्नै होम प्रोडक्सन रेखा फिल्मस्को
ब्यानरबाट चलचित्र ‘कस्ले चोर्यो मेरो मन फेरी’ बनाउने घोषणा गरेकी हुन।
चलचित्रलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्ने छन्।
निर्देशब सविर सात बर्ष अगाडी यसै चलचित्रबाट डेब्यू गरेका थिए। चलचित्र
निर्माण घोषणासँगै आगामी दशैँमा प्रदर्शन गर्ने र माघबाट चलचित्रको
छायाँकन सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ।
यस अघि कस्ले चोर्यो मेरो मनमा रेखा थापाको साथमा नायक आर्यन सिग्देल
रहेका थिए भने सिक्वेलको लागि नायक तय नभइसकेको निर्मात्री थापाले मिडिया
एनपीसँग बताइन्।
उनले भनिन्, ‘चलचित्रमा नायक पक्का भइसेको छैन। हामी प्रतिवान नायकको
खोजीमा छौँ। चलेका वा नयाँ नायक पनि हुन सक्छ तर कथा सँग मिल्नु पर्यो।’
आफ्नो भूमिकाको दर्शकको लागी सरप्राइज रहेको बताउने थापाले यस चलचित्र
मार्फत दर्शकको मन चोर्ने बताइन्। यस अघि कस्ले चोर्यो मेरो मनमा रेखा र
आर्यनको जोडीलाई दर्शकले धेरै नै सुहाएको र रुचाएका प्रतिक्रिया दिएका थिए।
पछिलो समय यी दुईको सम्बन्ध चिसिएको छ। अब ‘कस्ले चोर्यो मेरो मन फेरी’ मा आर्यान हुन्छन् कि अरु कोही त्यो हेर्न बाँकी छ?
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon