सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै
महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि
भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य
कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन
सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा
ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको
दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा
कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै
जिज्ञासा राख्नेहरू बढेका छन् ।
सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका
पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने
‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । एकचोटि
यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली
च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको
हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । पहिलो
सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर
योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा
ल्याउन सकिन्छ ।योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन,
ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ
सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट
पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका
शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि
टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया
रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ
योनिको सेप कपडामा देखिएर लाजमर्दाे हुन्छ । सन्तानका आमा भइसकेका पाका
महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी
छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप
देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने
प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।
भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले
गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो
भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा
‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट
महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो
हुँदैन । यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा
नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को
अपरेसन सम्पन्न गर्न सकिन्छ ।
EmoticonEmoticon