कतारी राजकुमारी ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ
एजेन्सी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग
शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । लण्डनका
संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड
युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम
अस्वीकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ । ब्रिटेन र
स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग
होटलमा रंगेहात भेटेको जनाईएको छ ।
राजकुमारीले
आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन
गर्नु नरहेको बताएकी छिन् । तर, सुरक्षाकर्मीले आपराधिक आरोप लागेका
व्यक्तिहरुसंग शारीरिक सम्बन्ध राख्नु गैरकानूनी भएको बताएका छन् ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा
छापा मारेको थियो । राजकुमारीले गैरकानुनी कार्य गरेको भएपनि उनले
डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले
जनाएका छन् । राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल
थानीकी छोरी हुन् भने कतारकी राजाको सौतेनी बहिनी राजकुमारी शेखाले
मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेकी थिइन्
। मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा
अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम
तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे कतारले कुनै
प्रतिक्रिया जनाएको छैन
EmoticonEmoticon