कैलाली, ५ कात्तिक ।
दाह संस्कारका लागि आर्यघाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको
शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल
अस्पतालमा पु¥याएको छ । उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा
राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले
प्रहरीलाई खबर गरेपछि मसानघाटमा पु¥याइएको शव प्रहरीले नियन्त्रणमा लिई
अस्पताल पु¥याइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम
दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको
शव परीक्षणका लागि अस्पातालमा प¥ुयाइएको बताउनुभयो । उपरीक्षक विष्टले
हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका
क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिनुभयो ।
EmoticonEmoticon