काठमाडौं, कात्तिक ५ – नेपाली चलचित्र उद्योगमा ‘बा’को नामले परिचित निर्माता छविराजओझा सधैँ चर्चामा रहने निर्माता हुन् । उनी चलचित्रका कारण चर्चामा त आउँछन् नै, यसका साथै व्यक्तिगत जीवनका कुराहरुले पनि उनी चर्चामा आउने गर्छन् । विशेष गरी उनी आफ्नो चलचित्र रिलिजको समयमा अपनाउने फण्डाका कारण चर्चित छन् । अहिले उनी अभिनेत्री शिल्पा पोखरेलसँग विवाह हुने हल्लाले समाचारको स्रोत बनिरहेका छन् । चलचित्र जगतमा २५ वर्ष बिताएका उनले २१ वटा चलचित्र रिलिज गरिसकेका छन् । उनी अब २२ औं चलचित्रको तयारीमा छन् । उनै छविसँग हामीले कुराकानी गरेका छौं ।
सन्चै हुनुुहन्छ ?
एकदमै सन्चै छु ।
तपाईं जिन्दगीमा पहिलो पटक खुसी के कुरामा हुनु भयो ?
म पहिलो पटक चै एसएलसी
पास हुँदा खुसी भएको थिएँ । अनि दुःख गर्दै काम गर्दैगर्दा २०४६ सालमा
पहिलो पटक चलचित्र निर्माण गरियो, चलचित्रको राम्रो व्यापार भयो । त्यो पनि
निकै खुसी भएँ । खुसी त बिस्तारै थपिँदै जाने कुरा हो । अहिले त एकपछि
अर्को खुसी पाइरहेको छु ।
खासमा तपाईँको उमेर कतिभयो ?
खासमा मेरो उमेर ३० वर्षभयो ।
यो राति सुतेको चै नगनेको हो ?
होइन आइसीमा ३० वर्ष भएँ भनेको नि । अब कतिभयो आफै गन्नुस् ।
तपाईंलाई के साइनो लगाउँ त ?
जे भन्दानी हुन्छ ।
नेपाली चलचित्र क्षेत्रमा बा भन्नुहुन्छ । कसैले प्यारो मान्छे भन्नुहुन्छ ।
सबैका आ–आफ्नो भन्ने तरिका हुन्छन् । तपाईंलाई जे मन लाग्छ त्यही भन्दा
हुन्छ ।
तपाईं बाल्यकालमा कस्तो हुनुहुन्थो ?
म बाल्यकालमा एकदमै
ज्ञानी थिएँ । मलाई स्कुल जान धेरै गाह्रो लाग्थ्यो । सकेसम्म पढ्न नपरे
हुन्थ्यो , स्कुल जान नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । यतिमात्रै कहाँ होर,
स्कुल जाने भनेपछि मलाई ज्वरो नै आउँथ्यो । विराटनगरमा धेरै हिन्दी चलचित्र
लाग्ने, एउटा चलचित्र कम्तिमा पनि १२ पटक हेर्थेँ । चलचित्र हेर्नलाई त
निकै अगाडि होनी म त्यो बेलामा पनि । मौका पाएको बेलामासिनेमा हेर्न जाने ।
हाम्रो पालामा ४ आनामा सिनेमा हेर्न पाइन्थ्यो । अनि दसैँको बेलामा नयाँ
लुगा र खसी काटेर खाने भनेपछि निकै खुसी लाग्थ्यो । दसैँमा खसीको कान पोलेर
खानपाइन्थ्यो ।
स्कुल बिदा हुँदा कतिको खुसी मिल्थो ?
मलाई सबै भन्दा अल्छी
लाग्ने भनेको नै पढाइको समयमा हो । अनि क्यालेन्डरमा रातो कहिले छ भन्ने चै
पहिला नै हेर्थेँ । त्यो बिदामा कुन चलचित्र हेर्न जाने सबै कुरा मिलाई
सकेको हुन्थेँ । हाम्रो समयमा राजा, रानीको जन्मदिनमा पनि विद्यालय छुट्टी
हुन्थ्यो ।
एसएलसी कहिले दिनुभएको हो ?
एलएलसी दिन सुरु गरेको
वि.स २०३७ सालमा पास भएको २०४० सालमा हो । अंग्रेजी कहिल्यै नआउने । अनि त
सधँ फेल हुने । त्यही विषयमा धेरै पटक फेल भएपछि बल्ल–तल्लपास भएको हो ।
हामीले पढ्ने बेलामा विद्यालय अहिलेको जस्तो धेरै थिएन । सरकारी विद्यालयमा
पढ्ेको हो मैले । पढाइमा त धेरै कमजोर होनी म । धन्न त्यो बेलामा एसएलसी
सेकेण्ड डिभिजनमा पास भएँ । म एसएलसी पास नभएको देखेरत हाम्रो टोलमै फेल,
फटाह, निकम्बा भन्थे मलाई । पास भएपछि गाँउ नै खुसी । अनि क्याम्पस जादाँ
झनै मज्जा ।
तपार्इंलाई मनपर्ने पर्व कुन हो ?
मलाई आशिर्वाद लिने
हिसाबमा दसैँ, मन पर्ने पर्व भनेको तिहार हो । देउसी, भैलो,
झिलीमिलीबत्तीले धेरै लोभ्याउँछ मलाई । छोटो समयको भएपनि रमाइलो लाग्छ ।
साथीसंगत कस्तो छ ?
म काठमाडाैंमा बसेको
२६ वर्ष भयो । मेरो कार्यालय राखेको अहिले २१ वर्षभएको छ । जुन स्थापनाकाल
देखि नै पुरानो बानेश्वरमा छ । त्यहाँ सबै जना आउनु हुन्छ । जहिले पनि
भिडनै हुन्छ मेरो कार्यालयमा । साथीसंगत अहिलेसम्म राम्रो नै छ । अहिलेका
धेरै चलचित्रकर्मीहरुलाई मैले यो क्षेत्रमा ल्याएको हो । सबैले राम्रो
गरिरहनु भएको छ । उहाँहरुले पनि माया गर्नु हुन्छ, सम्झिनु हुन्छ ।
पहिलो पटक ससुरालीजाँदा कस्तो भयो ?
हाम्रो समुदायमा
ज्वाँइलाई निकै सम्मान गर्ने चलन छ जो अहिलेसम्म पनि निरन्तर छ । अनि
ज्वाँई बनेर ससुराली गएको हामीले अहिलेको राष्ट्रपतिलाई मानेको जस्तै गरी
सबैको ध्यान ज्वाँइमा, त्यो देखेर अचम्म पनि लाग्ने अनि खुसी पनि लाग्ने ।
तपार्इंलाई अहिलेसम्म कोसँग भेट्दा खुसी लागेको थियो ?
म चलचित्र क्षेत्रमा
सानैदेखि धेरै चासो राख्ने मान्छे हो । भारतमा जाने क्रममा अमिताभ वचनसँग
भेट भएको थियो । त्यो मेरो एउटा सम्झना र खुसीको पल थियो । अरु त्यस्तो
कुनै पनि क्षण छैन । बाल्यकालमा धेरै चलचित्र हेरेको नायिका शर्मिला
मल्लसँग भेट्दा खुसी लागेको थियो ।
EmoticonEmoticon