फाल्गुन १५, २०७३-चौरजहारी नगरपालिका–८, घर्तीकाँडामा तरुल खन्दा दुईवटा बम भेटिएका छन् । स्थानीय जयप्रकाश बोहराले वनतरुल खन्ने क्रममा गत शुक्रबार बम भेटाएका थिए । उनले बम भेटिएलगत्तै प्रहरीलाई खबर गरेका थिए । एउटा बमको केही भाग देखिएको छ भने अर्को प्लाष्टिक भित्र राखेको अवस्थामा रहेको प्रहरीले बताएको छ । प्रहरी चौकी सर्केनाले तीनदिनदेखि बमको पहरा दिएर बसेको छ । बम डिस्पोजल टोली आइनपुगेका कारण लामो समयदेखि पहरा दिनु परेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक अंगुर जिसीले सशस्त्र युद्धको क्रममा गाडेको हुन सक्ने बताए । बम डिस्पोजल प्रहरीले गर्न नमिल्ने भएकाले तीनदिनदेखि पहरा दिइरहेको उनको भनाइ छ । नेपालगञ्जबाट बम डिस्पोजल टोली बोलाइएको र डिस्पोजको तयारी भइरहेको उनले बताए ।
ठूलो प्लास्टिक भएकाले अरु धेरै बमहरु पनि मुनि हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । बम भेटिएलगत्तै प्रहरीले ज्वालादल गणलाई खबर गरेर जानकारी गराएको थियो । चौरजहारीमा रहेको व्यारेकबाट नेपाली सेना आएर बम हेरेर डिस्पोजल सोही दिन नै टोली बोलाउने भन्दै फर्किएको थियो । बम भेटिएको तीनदिनसम्म पनि डिस्पोजल नहुँदा आफूहरु आत्तिएको जयप्रकाश बोहराले बताए ।